
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।
पसाभामुख चयनको लागि बसेको बिहीबारको बैठकमा पनि सभामुखको उम्मेदवारको टुंगो नलागेको नेता झलनाथ खनालले नागरिकखबरलाई जानकारी दिए ।
सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रियसभाका उम्मेदवार चयनका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सभामुख चयनका विषयमा सहमति जुट्न सकेको छैन । दुवै अध्यक्ष आ-आफ्नो अडानमा रहेका कारण सभामुख चयन प्रक्रियाले गति लिन नसकेको हो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अोलीले पूर्वसभामुख सुवास नेम्बाङ र पूर्वप्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने अडान राखिरहेका छन् । – नागरिक खबरबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
