file photo

काठमाडाैं ।  बाजुराको हिमाली गाँउपालिकामा जीप कर्णाली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ  । मृतक मध्ये चालक रमेश शाहीको मात्रै सनाखत भएको छ । अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।

से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि स्थानिय स्वास्थ्य केन्द्र कोल्टीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

जीप के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0