राष्ट्रिय सभा निर्वाचनः उपेन्द्र यादवको ‘चौका दाउ’, दाजु विरुद्ध भाईलाई उम्मेदवार बनाए

काठमाडौंः समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को राष्ट्रिय सभाको निर्वाचनमा चौका दाउ खेलेका छन् । राजपा नेपालका उम्मेदवार मगृेन्द्र सिंह यादवलाई काउन्टर दिदैं निजका भाई अनिरुद्र सिंहलाई समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनाएका छन् । सप्तरी निवासी दुवै जना सहोदर भाई हुन । मृगेन्द्र सिंह यादव दाजु हुन भने, अनिरुद्र सिंह यादव भाई हुन । अब, सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा पनि दुवैले सप्तरी क्षेत्र नम्बर ४ बाट फरक–फरक दलबाट प्रतिस्पर्धा गरेका थिए । मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्र मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेका थिए । तर, दुवै पराजित भए । सो क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए ।

त्यसो त मृगेन्द्र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदबार बनेका थिए । तर उनी कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE