अष्ट्रेलियाको आगलागी: ५० करोड जनावर मरे, जिवित जनावर बस्तीतर्फ प्रवेश (फोटो फिचर)

एजेन्सी । अष्ट्रेलियामा चार महिनादेखिको आगलागीले ५० करोड जनावर मरेका छन् । आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन ।

मानविय र भौतिक संरचनामा पनि ठूलो क्षती पुगेको छ । युनिभर्सिटी अफ सिड्नीका इकोलोजिस्टहरुले अहिलेसम्म ५० करोड जनावर मरेका बताएका छन् ।
आगलागीबाट स्तनधारी पशु, चराहरु, घस्रिने जीवलगायत रहेका छन् । आगलागीपछि घाइते अवस्थामा जीव जन्तु बस्तीसम्म आइपुगेका छन् । अष्ट्रेलिया सरकारले आगलागी नियन्त्रणका हरेक प्रयास बिफल भएको जनाएको छ । त्यसैले प्रधानमन्त्री स्कट मोरिसनले जनवरी १३देखि गर्ने भनेको भारत भ्रमण पनि रद्द भएको छ ।

आगलागीबाट दर्जनौँ बस्ती जोखिममा परेका छन् । जोखिम रोक्नका लागि प्रभावित क्षेत्रमा अन्य राज्यका बासिन्दा पुगेर सहयोग सुरु गरेका छन् । अहिले संसारभरबाट सहयोगको अपील गरिएको छ ।

न्यु साउथ वेल्सको मध्य तथा उत्तरी क्षेत्र संसारकै धेरै जनावर बसोबास गर्ने क्षेत्र हो । त्यहाँ आगलागीले बहुसंख्यक जनावर मरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीबाट ठूलो मानविय क्षति पनि भएको छ । अहिलेसम्म १८ जनाको मृत्यु भएको र सयौँ घाइते भएका अष्ट्रेलियन अधिकारीले बताएका छन् ।

सयौँ जनावर अहिले बस्ती पसेका छन् । बस्तीको नजिक आएका जनावरको उद्दार गरिएको छ । स्थानीयले घाइतेलाई उपचार गरिरहेका छन् । संसारभरबाट सामाजिक सञ्जाल मार्फत अष्ट्रेलियाको आगलागीले मानिस र जनावरमा भएको क्षतीमा सहानुभूति व्यक्त गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE