अभियन्ता सम्मेलन २०२० आयोजना हुदैं, सहभागिताका लागि दर्ता खुल्ला

जनकपुरः  नेपालमा अभियन्ता २०२० सम्मेलन आयोजना हुन लागेको छ । यो एउटा बृहत र एकिकृत अभियन्ता सम्मेलन हो । विभिन्न पेशामा आबद्ध रहे तापनि आफनो व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न निस्वार्थ भावले विभिन्न अभियान संचालन तथा सामाजिक कार्य गरी रहेका २०० सामाजिक अभियन्ताहरुको अभियन्ता सम्मेलन आउदों मार्च ८, २०२० का दिन वीरगंजमा आयोजना हुन गई रहेको छ । भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको नेतृत्वदायी पहलमा उक्त अभियन्ता सम्मेलन २०२० आयोजना हुनेछ ।


यस सम्मेलनमा प्रदेश २ का बासिन्दा भएर प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरि राखनु भएका तथा प्रदेश २ बाहिरका बासिन्दा (नेपालका बांकी ६ वटा प्रदेशका, भारत तथा विश्वका अन्य मुलुकहरुका) भएर पनि प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरि राखनु भएका अभियन्ताज्यूहरु यस सम्मेलनमा सहभागी हुन हुनेछ ।

यस सम्मेलनमा २०० अभियन्ताहरुको सहभागीता, तिन जना अन्तराष्ट्रिय मुख्य वक्ताहरुको प्रस्तुती, दुई वटा उच्च स्तरीय प्यानेल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक सांझ यस अभियन्ता सम्मेलन २०२० का मुख्य कार्यक्रम र आकर्षण रहनेछ ।

दर्ताका लागि यहाँ क्लिक गर्नुहोस

WRITE COMMENTS FOR THIS ARTICLE