तेस्रो विश्व युद्धको कालोबादल : अमेरिका–इरानलाई शक्ति राष्ट्रहरु सम्झाउ (कुन देशको सैन्य शक्ति कति ?)

काठमाडौं, २३ पुस । इरानका जनरल क़ासिम सुलेमानी को हत्या अमेरिकाले बग़दादमा गरेपछी अब इरानले यसको जवाफ अमेरिकालाई कडा रुपमा आक्रमण गरेरै दिने निधो गरेको छ । गए रातीमात्र इरानले अमेरिकी सैनिक रहेको बेस क्याम्पलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यो भन्दा अगाडी जतिपनि हमला इरानमाथी भएका छन् त्यसको बदला इरानले लिएको छ।

ब्रिटेनले इरानको Oil Tanker रोकेको निहुमा इरानलेपनि ब्रिटेनको Oil Tanker तुरुन्त रोकेर जवाफ दिएका थियो। त्यसपछी साउदी अरबियाँ र युएई विरुद्ध पनि एक्सन लिएको थियो । इरान अन्य देशहरु जस्तो कम्जोर राष्ट्र होईन् ।

चिन र रुस जस्ता शक्तिशाली राष्ट्रहरु इरानको पक्षमा पहिलेदेखी नै देखिन्छन्।अहिले परिस्थिति यस्तो बनेको छ की वर्तमान अमेरिकी राष्ट्रपति तत्कालीन अमेरिकी राष्ट्रपति ओबामा जस्ता सान्त शैलीका छैनन् ।

ओबामा टेलिफोन गरेर वा अन्य कुटनैतिक सम्बन्ध बाट दुई देशको तनाब हटाउने प्रयास गर्थे ।तर , ट्रम्प अलि क्रान्तिकारी स्वभाव का छन् ।एकदमै आक्रामक शैलीका डोनाल्ड ट्रम्पले इरानलाई ट्वीट मार्फत कडा चेतावनी निरन्तर दिइनैरहेका छन् ।

ट्रम्पको चेतावनीलाई सजिलैसंग लिदै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य समेत तोकेको छ । ट्रम्पको टाउकाको मूल्य र आफ्नो देशको नागरिकको जनसंख्या बराबर बनाएका छन् ।

८० मिलियन अमेरिकी डलर भनेको ९ अर्व नेपाली रुपैया पर्न जान्छ । ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८० मिलियन अमेरीकी डलर दिने बताएको छ । यो खबरले विश्व तातेको छ ।

यो शैली इरानी सुप्रीम लिडर अली खामेनीको अति नै विद्रोही शैली हो ।अमेरिका–इरान विच अहिलेसम्म कै ख़तरनाक शैली देखिन्छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका ५२ स्थानहरु अमेरिकाले टार्गेट गरेकाले इरानलाई सुलेमानीको हत्यापछी कुनै पनि आक्रमण नगर्न चेतावनी दिएको छ ।

यदि आक्रमण गरे अमेरिकाले नयॉं ब्राण्डका हतियारहरुलाई इरानसंग परिचय गराउने चेतावनी पनि दिएको छ । यसले दुई देशबिच मात्र नभएर विश्वलाई नै दुई भागमा विभाजित गर्ने र विश्व युद्ध हुनसक्ने आँकलन गरिन्छ ।

जापानको अमेरिका र इरानसंग राम्रो सम्बन्ध छ । केहि समय अगाडी जापानीज प्रधानमंत्री आब्बे र इरानका सुप्रीम लिडर अली खामेनी विच भेटघाट पनि भएको थियो ।

अहिलेपनि आब्बे दुवै देशलाई सान्त पार्ने प्रयासमै छन्। भारतको पनि अमेरिका र इरानसंग राम्रो सम्बन्ध छ । युरोपियन युनियन , रुस लगायत ले अमेरिकी कदमको पछिल्लो समय सांकेतिक रुपले विरोध पनि गरिरहेका छन्।

अन्तराष्ट्रीय समुदायले विश्व मानव सभ्यताको रक्षा गर्नु छ भने अमेरिका–इरानको द्धन्द्ध लाई साम्य पार्न विशेष भूमिका खेल्नुपर्छ । विश्व शक्ति राष्ट्रहरु यदि २ कित्तामा बिभाजित भए भने तेस्रो विश्व युद्ध हुनेछ् । विश्वको अस्तित्व नै धरापमा पर्न सक्छ । इरान आफ्नो होनहार व्यक्तित्व गुमाएकोमा अत्यन्तै आक्रामक देखिन्छ ।

उसले आफ्नो मस्जिदमा रातो झण्डा गाडेको छ । सयौ वर्षपछी गाडेको रातो झण्डाले अब युद्ध कालागि सवै तयार बनौ भन्दै आफ्ना नागरिकलाई अलर्ट गर्न खोजेको देखिन्छ ।

नेपाल सान्ति र समृद्धिलाई सम्मान गर्ने राष्ट्र भएकाले सवैलाई गौतम बुद्धको सान्तिको बाटोमा हिड्न आग्रह गर्दछ ।अमेरिका र इरान विचको तनावले विश्वलाई त्रसित बनाएको छ ।

कुन देशको सैन्य शक्ति कति ?

सीमासुरक्षा विश्वका हरेक देशको प्राथमिकताको विषय हो । देशभित्र र बाहिरबाट हुन सक्ने सम्भावित हमला रोक्न सिमानामा सैनिक तैनाथ गरिएका हुन्छन्, नागरिकले ढुक्कको निद्रा सुत्न पाऊन् भन्ने उद्देश्यका साथ । शक्तिशाली देशहरूको उद्देश्य यतिमै मात्र सीमित रहन्छ भन्ने होइन । विश्वभर आफ्नो प्रभूत्व कायम राख्न उनीहरूले सेनाका लागि ठूलो धनराशि खर्चेका हुन्छन् । अत्याधुनिक हतियार, सैनिक संख्या र देशको सुरक्षा बजेटलाई आधार मान्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले तयार गरेको विश्वका शक्तिशाली सेनाको सूची स्

अमेरिका
संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ । यस देशका २० लाख ८३ हजार १ सयभन्दा धेरै व्यक्ति सैनिक सेवामा छन् । विश्वका धेरै देशमा अमेरिकी सेना तैनाथ छन् । सबैभन्दा अत्याधुनिक हतियार पनि अमेरिकासँग नै छ । १३ हजार ३ सय ६२ वटा अत्याधुनिक विमान छन्, जसमा १ हजार ९ सय ६२ वटा युद्धविमान छन् । ४ सय १५ वटा जहाज छन् । त्यसमध्ये २० वटा जहाजले विमान बोक्न सक्छन् । ५ हजार ८ सय ८४ वटा कम्ब्याट ट्यांक छन् । अमेरिकी सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा सैनिकका लागि खर्च हुन्छ । ६ सय ४७ बिलियन बजेट अमेरिकाले सेनाका लागि छुट्याउने गरको छ । विश्वमा सेनाका लागि सर्वाधिक बजेट छुट्याउने देश अमेरिका नै हो ।

इरानी सेना

इरानमा पाँच लाख २३ हजार सक्रिय सैन्य सेवामा भएको अनुमान गरिएको यूकेस्थित इन्टर्न्याश्नल इन्स्टिट्यूट फोर स्ट्रटीजिक स्टडीजले जनाएको छ ।उक्त सङ्ख्यामा इरानी सेनाका साढे तीन लाख र इस्लामिक रेभलूशनरी गार्ड्स कोर ९आईआरजीसी० का कम्तीमा डेढ लाख जवान सम्मिलित छन् ।आईआरजीसीको जलसेनामा थप २०,००० सैनिक छन्। जलसेनाले स्ट्रेट अफ हर्मुज भनिने जलक्षेत्रमा गस्ती गर्छ।

गत वर्ष त्यहाँ तेल बोक्ने विदेशी ध्वजावाहक ट्याङ्करलाई इरानी पक्षले कारबाही गर्दा तनाव उत्पन्न भएको थियो। आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण छ।

उक्त समूहले हजारौँ सुरक्षाकर्मी खटाउन सक्छ। इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ।

सेनामा भन्दा कम जनशक्ति भए पनि आईआरजीसीलाई सबैभन्दा बढी अधिकार भएको सैन्य बल मानिन्छ। इरानसँग क्षेप्यास्त्र रहेको छ ।

क्षेप्यास्त्र इरानको सैन्य शक्तिको अभिन्न अङ्ग हो । प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व छ। अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ। उससँग छोटो र मध्यम दूरीका क्षेप्यास्त्रको भण्डार छ। अमेरिकी प्रतिवेदनका अनुसार इरानले लामो दूरीका अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ। सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूट (रुसी) ले जनाएको छ। तर सम्झौतामा देखिएको अन्योलका कारण इरानले उक्त कार्यक्रम पछि पुनस् थालेको हुन सक्छ।

जे भए पनि साउदी अरब र खाडीक्षेत्रका धेरै स्थानमा र सम्भवतस् इजरेलमा पनि इरानी क्षेप्यास्त्र पुग्न सक्छन्।

वर्षौँदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन्। इस्लामिक स्टेट समूहसँग सन् २०१६ मा इराकमा सङ्घर्ष हुँदा इरानी ड्रोन प्रयोग गरिएको थियो। रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूटका अनुसार इरानले सिरियाबाट आफ्ना अस्त्रयुक्त ड्रोन इजरेली हवाईक्षेत्रमा पनि पठाएको छ। गत वर्ष जुन महिनामा अमेरिकाले जासुसी गर्न उडाएको एउटा ड्रोन इरानले खसालिदिएको थियो। स्ट्रेट अफ हर्मुजमाथि उड्दा उक्त ड्रोनले आफ्नो सीमा उल्लङ्घन गरेको इरानको दाबी थियो ।

रुस
भूगोलका हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो । सैन्य क्षमताका हिसाबले यो दोस्रो नम्बरमा पर्छ । एसिया र युरोपमा फैलिएको ठूलो भूगोलको रक्षार्थ ३५ लाखभन्दा धेरै सैनिक खटिएका छन् । यी सैनिक आफ्नो सीमाक्षेत्र मात्रै नभएर संसारका अन्य देशमा पनि परिचालित छन् । रुसी सेनासँग ३ हजार ९ सय १४ विमान छन् । त्यसमध्ये ८ सय १८ वटा युद्धविमान छन् । त्यस्तै, विपक्षीको निसाना प्रतिरोध गर्दै उनीहरूमाथि नै धावा बोल्न सक्ने २० हजार ३ सयवटा ट्यांकर छन् । जलसेनासँग ३ सय ५२ वटा जहाज छन् । जसमध्ये विमान बोक्न मिल्ने एउटा जहाज रहेको बताइएको छ । रुसले सेनाका लागि प्रतिवर्ष करिब ४७ बिलियन अमेरिकी डलर खर्च गर्ने गरेको छ ।
बेलायत
बेलायती सेना आफ्नो बहादुरीका लागि संसारभर प्रसिद्ध छ । सैन्य क्षमताका हिसाबले यो देश छैटौँ स्थानमा आउँछ । यस देशसँग २ लाख ७९ हजारभन्दा धेरै सैनिक छन् । सेनासँग रहेका ८ सय ३२ विमानमध्ये १ सय ३ वटा युद्धविमान छन् । २ सय २७ वटा कम्ब्याट ट्यांक छन् । त्यस्तै, ७६ वटा जहाजमध्ये दुईवटाले विमान बोक्न सक्छन् । बेलायतले सेनाका लागि बर्सेनि ५० बिलियन अमेरिकी डलर खर्चिन्छ ।
भारत
संसारका विकसित देशहरूको दाँजोमा भारत निकै पछाडि छ । तर, जब सैन्य ताकतको कुरा आउँछ, भारतले धेरै विकसित देशहरूलाई पनि पछि छाड्छ । यस देशमा सैनिकको संख्या ४२ लाख छ । सेनासँग २ हजार १ सय ८५ विमान छन्, त्यसमध्ये ५ सय ९० वटा युद्धविमान छन् । त्यस्तै, ४ हजार ४ सय २६ वटा कम्ब्याट ट्यांक छन् । २ सय ९५ वटा जहाजमध्ये एउटाले विमान बोक्न सक्छ । भारतले वार्षिक ४७ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ । छिमेकी पाकिस्तान र चीनसँगको सुरक्षा सतर्कतालाई भारतले आफ्नो पहिलो प्राथमिकतामा राख्ने गरेको छ ।
फ्रान्स
फ्रान्ससँग ३ लाख ८८ हजारभन्दा धेरै सैनिक छन् । सेनासँग १ हजार २ सय ६२ वटा विमान छन् । त्यसमध्ये युद्धविमानको संख्या २ सय ९९ छ । ४ सय ६ वटा कम्ब्याट ट्ंयाक छन् । १ सय १८ वटा अत्याधुनिक जहाजमध्ये ४ वटाले विमान बोक्न सक्छन् । फ्रान्सले बर्सेनि सेनाका लागि ४० बिलियन अमेरिकी डलर खर्चिन्छ ।
चीन
संसारको सबैभन्दा धेरै जनसंख्याको बसोवास चीनमा छ । चीनसँग २६ लाख ९३ हजार सैनिक छन् । ३ हजार ३५ वटा विमान चिनियाँ सेनासँग छ । त्यसमध्ये १ हजार १ सय २५ वटा युद्धविमान हुन् । ७ हजार ७ सय १६ वटा कम्ब्याट ट्यांक छन् । ७ सय १४ वटा जहाजमध्ये एउटा जहाजले विमान बोक्न सक्छ । चीनले सैनिकका लागि वार्षिक १ सय ५१ मिलियन बजेट खर्च गर्ने गर्छ ।

उत्तर कोरिया १८औँ स्थानमा
कुनै समय अमेरिकाको टाउकोदुखाइ रहेको उत्तर कोरिया अहिले निःशस्त्रीकरणको बाटोमा छ । त्यसका लागि दक्षिण कोरिया र अमेरिकासँग सघन संवाद भइरहेको छ । सम्बन्ध चिसो रहेका वेला उत्तर कोरियाली सर्वोच्च नेता किम उन जोङले अमेरिकालाई नै सिध्याउने चेतावनी दिने गरेका थिए । बिजनेस इन्साइडरमा प्रकाशित रिर्पोटअनुसार सैन्य क्षमताका उत्तर कोरिया विश्वको १८औँ शक्तिशाली राष्ट्र हो । यस राष्ट्रका ६४ लाख ४५ हजार नागरिक सैनिक सेवामा छन्, जुन अमेरिकी सेनाको संख्याभन्दा तीनगुणाले बढी हो ।

२ करोड ५२ लाखभन्दा धेरै जनसंख्या रहेको उत्तर कोरियामा युवाहरूले अनिवार्य सैनिक सेवा गर्नुपर्छ । संविधानको धारा ८६ मा स्पष्ट रूपमा भनिएको छ, ‘राष्ट्रको रक्षा नागरिकको सर्वोच्च कर्तव्य र सम्मान हो ।’ सेनासँग रहेका ९ सय ४४ वटा विमानमध्ये ४ सय ५८ वटा युद्धविमान छन् । कम्ब्याट ट्यांक ५ हजार २ सय ४३ र पानीजहाज ९ सय ६७ वटा छन् । बर्सेनि ७ दशमलव ५ बिलियन अमेरिकी डलर सेनाका लागि खर्च हुन्छ ।

दक्षिण अमेरिकामा ब्राजिल शक्तिशाली
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले वार्षिक २९ दशमलव ३ बिलियन अमेरिकी डलर सेनाका लागि खर्च गर्छ । यस देशसँग १९ लाख ८७ हजार सैनिक छन् । ७ सय २३ वटा विमानमध्ये ४३ वटा युद्धविमान छन् । त्यस्तै, ४ सय ६९ वटा कम्ब्याट ट्यांक र १ सय १० वटा पानीजहाज छन् । सैन्य क्षमताका हिसाबले ब्राजिल संसारको १४औँ र दक्षिण अमेरिकाको पहिलो राष्ट्र हो ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले वार्षिक २९ दशमलव ३ बिलियन अमेरिकी डलर सेनाका लागि खर्च गर्छ । यस देशसँग १९ लाख ८७ हजार सैनिक छन् । ७ सय २३ वटा विमानमध्ये ४३ वटा युद्धविमान छन् । त्यस्तै, ४ सय ६९ वटा कम्ब्याट ट्यांक र १ सय १० वटा पानीजहाज छन् । सैन्य क्षमताका हिसाबले ब्राजिल संसारको १४औँ र दक्षिण अमेरिकाको पहिलो राष्ट्र हो ।

WRITE COMMENTS FOR THIS ARTICLE