इरान र इराकमा रहेका नेपालीलाई खतराको संकेतः सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाडौं: पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।इरानले अमेरिकी सैनिक रहेको दुई अ’ड्डा’हरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षे’प्या’स्त्र आ’क्र’म’ण गरेको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै दूतावासले इरान र इराकमा रहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अपिल गरेको छ । दूतावासले नेपालीहरुका लागि दूतावासको टेलिफोन नम्बर २४ घन्टा खुल्ला राख्ने पनि जनाएको छ ।

इरान र इराकमा रहेका नेपाली सूरक्षीत रहेको दूतावासले जनाएको छ । हालसम्म कुनै पनि समस्या नआएको दूतावासले जनाएको छ । यस्तै, परराष्ट्र मन्त्रालयले मध्यपुर्व देश र खाडीका देशमा रहेका नेपाली दूतावासलाई २४ घन्टा सम्पर्कमा रहन निर्देशन दिएको छ ।

त्यहाँ समस्या आए उ’द्धारका लागि तत्काल खटनुपर्ने भएकाले तयारी अवस्थामा बस्न मन्त्रालयले दूतावासलाई निर्देशन दिएको छ । इरान र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ । मध्यपूर्ब र खाडीका दे्शमा १७ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE