आज पनि मौसम सुधार नहुने

काठमाडौंः बुधबारदेखि पुनः बिग्रिएको मौसम आज पनि कायम रहने भएको छ। केही दिन सुधारको सङ्केत देखिएर घाम लागे पनि बुधबारदेखि पुनः मुलुकभर हल्का वर्षा र चिसो बढेको छ।

मौसम पूर्वानुनमान महाशाखाका अनुसार बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली हुने पश्चिमका एक/दुई स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE