आज हुस्सु र कुहिरो लाग्ने, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
अहिले (शुक्रबार बिहान) देशको तराई भूभाग तथा केही पहाडी भूभाग मा कुहिरो र हुस्सु लागेको अवस्था छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
शनिबारको मौसम
शनिबार देशभर मौसम सामान्यतया सफा रहनेछ। देशका पश्चिमी भूभागमा भने आंशिक बदली हुने सम्भावना छ ।
आईतबारको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार देशभर मौसम सामान्यतया सफा रहनेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE