काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री ढकाललाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी मन्त्री बाँस्कोटालाई सम्हाल्ने गरी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जिम्मेवारी प्रदान गरेको जानकारी गराएको हो ।

मन्त्री ढकालले यसअघि कानुन मन्त्रालय नै सम्हालेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने क्रममा सत्ता साझेदार सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुनमा लगिएको थियो ।

समाजवादी सरकारबाट बाहिरिएपछि उक्त मन्त्रालयको प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

त्यसैगरी समाजवादीकै मोहम्मद इस्तियाक राईले सहरी विका मन्त्रालयबाट राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । त्यसको जिम्मेवारी सञ्चारमन्त्री बाँस्कोटालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0