काठमाडौं – आज (आइतबार) देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तीन दिन देशको मध्य र पश्चिमी तराईमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले तराई भूभागमा हुसु र कुहिरो लाग्ने सम्भावना रहेकाले हुसुरकुहिरो लागेका स्थानमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । भोलि अर्थात् सोमबार बेलुकीबाट भने पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ ।

सोमबार बेलुकीबाट पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ भने तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

पुस २७ गते (आइतबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भूभागहरुमा हुसुरकुहिरो लाग्ने सम्भावना छ ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भूभागमा हुसु र कुहिरो लाग्ने सम्भावना छ ।

राति : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभामा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

राति : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0