काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलाएपछि बालुवाटार पुगेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिन अस्वीकार गरेकी छिन्।

नेकपावाट समानुपातिकवाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गर्दै आइतबार १ बजेको संसद बैठक चलाउने अडान दोहोर्‍याएकी छिन्। उनको अडान कायम रहेपछि प्रतिनिधिसभा बैठक माघ ६ गते १ बजेसम्मका लागि स्थगित भएको छ।

वालुवाटारमा जारी अध्यक्षद्वय ओली र दाहालसँगको दोस्रो पटक छलफल गर्दै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने कारण खोजेकी छिन्।

‘मैले राजिनामा दिनुपर्ने कारण के हो? यसको चित्तबुझ्दो जवाफ चाहिन्छ, महराजीले गरेको गल्तीको सजायँम भोग्न सक्दिनँ,’ तुम्बाहाङ्फेलाई उद्धृत गर्दै स्रोतले भन्यो।

उनका अनुसार बिना कारण राजीनामा नदिने उनको भनाइ पुनः आइतबार वालुवाटारमा दोहोरिएपछि नेकपामा सभामुख चयन पेचिलो बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0