जनकपुरः पत्रिकामा दिलीप महतो हत्या प्रकरणमा वडाअध्यक्ष पनि शंकाको घेरामा रहेको समाचार रहेको छ । अवैद्य उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ ।

गत शुक्रबार बिहान धनुषाको औरही खोलखामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका–५ का दिलीपलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो । धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरप्रस्ट रगतको नमूना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ । प्रहरीले टिपरका सहचालकलाई पनि खोजिरहेको छ ।

उनी घटनाका प्रत्यक्षदर्शी भएकाले खोजी भइरहेको छ । ‘हत्याको योजना बुन्ने र आक्रमण गर्ने समयमा पनि खलासीको उपस्थिति देखिन्छ,’ एसपी रमेश बस्नेतले भने, ‘घटनापछि ऊ फरार छ । नियन्त्रणमा लिएपछि उसले धेरै भेद खोल्छ,’ प्रहरीले दिलीपको हत्या घटनामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे–नरहेकोतर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ । यादवद्वय दिलीपका साथी हुन् । शुक्रबार विहान खोलामा जानुअघि तीनै जना चोकमा भेला भएका थिए । पछि वडाध्यक्ष यादव अन्तिम समयमा घरतिर फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0