हिँउ खेल्न जाने पर्यटकका लागि अवसर: दोलखामा पुनः हिमपात सुरु

दोलखा । दोलखामा शुक्रबार बिहानैबाट हिमपात सुरु भएको छ । जिल्लाको उच्चपहाडी भागमा शुक्रबार बिहानैबाट हिमपात सुरु भएको हो ।

हिमपात संगै जिल्लामा अत्याधिक चिसो बढेको छ । केही दिन अघिबाट मात्र सुधार भएको मौसममा बिहिवारबाट मौसममा खराबी आएको थियो ।जिल्लाको पर्यटकीय स्थल कालिन्चोक, च्योर्दुङ, शैलुङ लगायत उच्छ पहाडी भेगमा हिमपात सुरु भएको हो । यस अघि पनि हिमपात संगै जिल्लामा हिउँ खेल्ने पर्यटनको संख्यामा वृद्धि भएको थियो । यस पटक पनि हिमपातले जिल्लाको पर्यटन व्यबसायलाई टेवा पुग्ने अनुमान गरिएको छ । शुक्रबार हिमपात हुंदा सनिबारको छुट्टी मनाउन र हिउँ खेल्न जिल्ला भित्रने आन्तरिक पर्यटकको संख्या वृद्धि हुने अनुमान गरिएको छ ।

यता हिमपातले जिल्लाको पर्यटन ब्यबसाय फस्टाउनुको साथै कृषक हरुमा पनि उल्लास देखिएको छ । हिमपात भए गहुँ खेती उब्जनीमा राम्रो हुने भएकाले कृषकहरु खुसी भएका हुन । तर चिसोका कारण वृद्ध तथा केटाकेटिहरुलाई समस्या हुने गरेको छ । पहाडी क्षेत्रका विद्यालयहरु समेत प्रभावित हुने दिखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE