राति पनि वर्षा र हिमपात, भोलि के हुन्छ ?

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको कारण देशभर बिहीबार रातिदेखि भएको वर्षा शुक्रबार राति पनि रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति देशभर सामान्य बदली रहनेछ । देशका अधिकांश क्षेत्रमा हल्का र केही स्थानमा मध्यम वर्षा हुने छ । यस्तै, उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी तथा तराईका केही स्थानहरुमा हल्का वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति पनि पहाडी र तराई भेगमा आंशिकदेखि सामान्य बदली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

केही दिनदेखि बदली भएको मौसम आइतबार दिउँसो देशभर सामान्यतः सफा रहने छ । यद्यपि, पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE