राजपाद्वारा गठबंधनका उम्मेदवारको पक्षमा मतदान गर्न ‘व्हिप’ जारी

काठमाडौ : राजपा नेपालद्वारा गठबंधनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको पक्षमा मतदान गर्न आफना पार्टीका मतदाताहरुलाइ ‘व्हिप’ जारी गरेका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग चुनावी गठबन्धन गरेर निर्वाचनमा होम्मिएको राजपा नेपालले शनिवार ह्विप जारी गरेको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतमा बसेको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन आवद्ध दलका उम्मेदवारलाई मत हाल्न ‘अत्यावश्यक निर्देशन’ दिएको हो।

‘राजपा र नेकपा बिच चुनावी तालमेल भएअनुसार राजपा नेपाल र नेकपाका उम्मेदवारहरुलाई अनिवार्य रूपले उपस्थित भई आफ्नो अमूल्य मत दिई गठबन्धनमा रहेका चारवटै उम्मेदवारलाई विजयी गराउन पार्टी अध्यक्ष मण्डलको निर्णयअनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा राजपा नेपालका मतदाताहरुलाई अत्यावश्यक निर्देशन (ह्विप) जारी गरिन्छ,’ संयोजक महत्तोले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

गत पुस २ गते भएको राजपा नेपाल र नेकपाबीचको सहमतिअनुसार अल्पसंख्यक समूहबाट शेखरकुमार सिंह तथा अन्य समूहबाट मृगेन्द्रकुमार सिंह छन भने महिला उम्मेदवार तुलसा दाहाल र दलितवाट राधेश्याम पासवान उम्मेदवार छन्। राजपा नेपाल र नेकपाबीचको गठबन्धनले विजय लगभग सुनिश्चित देखिए पनि मतदान प्रक्रियामा अप्ठयारो पर्न सक्ने भएकाले राजापाले ह्विप जारी गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE