पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताः केदारनाथधामका मुख्य पुजारी जगतगुरु भीमाशंकर लिंगसंग‌ भेट

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह भारतको प्रसिद्ध केदारनाथ धामका मुख्य पुजारी जगतगुरु भीमाशंकर लिंगसंग‌ भेटघाट गर्नु भएको छ । भारतको तिर्थाटनमा रहनु भएको पूर्वराजा ज्ञानेन्द्र शाह तिर्थाटनको आडमा भारतका शक्तिशाली पिठाधिस तथा जगतगुरुहरु सँग भेटघाट गरी रहनु भएको हो । पूर्वराजाको यो सक्रियताले नेपालमा हिन्दु राष्ट्र बनाउने अभियानको एक कडिको रुपमा विश्लेषकहरुले विश्लेषण गरी रहेका छन् ।

चार दिन अगाडि उहाँले भारतको प्रसिद्ध केदारनाथ धामका मुख्य पुजारी जगतगुरु भीमाशंकर लिंगसंग‌ भेटघाट गर्नु भएको हो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने चौतर्फी माग उठिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE