रवि लामिछानेका समर्थकलाई खुशीको खबरः जिल्ला अदालतद्धारा तीनै जनालाई सफाई

काठमाडौँ, ५ माघ । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनालाई सफाइ दिएको छ ।
आइतबार न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला सुनाएको हो ।
यसअघि जिल्ला अदालतले लामिछानेलाई विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनीको आत्महत्याबारे बहस गर्न नापाउनेसहितका शर्त राख्दै ५ लाख धरौटीमा रिहा गरेको थियो ।
सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा भएका थिए भने रुकु कार्की साधारण तारेखमा हिरासतमुक्त भएका थिए ।
लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो ।
पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो ।
मृतक पुडासैनीले भिडियोमा लामिछाने लगायतका कारण आफू उक्त निर्णयमा पुगेको आरोप लगाएका थिए । त्यसैको आधारमा प्रहरीले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE