जनकपुरः माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) अल्पसंख्यक समूहका उम्मेदवार शेखर सिंहविरुद्ध परेको उजुरीमा कुनै सत्यता नभएको प्रमाण प्राप्त भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले सिंहलाई ‘फरार अपराधी’ भन्दै दिएको उजुरी र दाबी उम्मेदवार शेखर सिंहलाई नभई निजको काका बसन्त सिंहको नाममा भएको खुल्न आएको छ ।
टुडे खबरले प्राप्त गरेको प्रमाण अनुसार तत्कालिन अन्चल अदालतले बसन्त सिंहको नाममा २ बर्ष कैद फैसला गरेको र सोही मुद्दामा शेखर सिंहलाई समेत ३ महिना कैद र रु ६० जरिवाना गरिएपनि फैसला भएको मितिले १० बर्ष पछि मिति २०५४ जेठ १५ गते लगट कटटा् भएको देखिन आएको हुनाले कानूनी रुपमा कैद मिनहा भएको देखिन्छ ।
उजुरीकर्ताले उम्मेदवारी खारेजीको माग केवल बदनाम गर्ने मनसायले उजुरी गरेको देखिन्छ । कानुनीरुपमा निर्वाचन आयोगले तोकिएको समयमा उम्मेदवारको सम्बन्धमा उजुरी र माग दाबी नगर्नु र अहिले आएर उजुरी दर्ता गराउनु आफनो उम्मेदवारलाई बदनाम गर्ने नियतले प्रेरित भएको राजपाका एक नेताले बताउनुभयो ।