काठमाडौंः सभामुख पदमा नेकपाबाट पुरुष उम्मेदवार हुने पक्का भएपछि अब उपसभामुखको उपयुक्त उम्मेदवारको खोजी कार्य सुरु भएको छ । पच्छिलो समय नेकपा र राजपाबीच भएको सहमति अनुसार सम्भवतः उपसभामुख राजपाको भागमा पर्ने देखिन्छ । यदपि, अहिले सम्म यसको ठोस निर्णय भई सकेको छैन ।
श्रोतका अनुसार, उपसभामुख राजपा नेपालको भागमा परेपछि अनौपचारिक रुपमा महिला सांसदबाट उपसभामुखको उम्मेदवार कसलाई पठाउने विषयमा छलफल सुरु भएको छ ।
राजपा भित्र उपसभामुख पदका लागि उपयुक्त महिलाको खोजी गर्दा विगत लामो समय देखि मधेशको राजनीति गर्दै आउनु भएकी अमृता अग्रहरीको नाम अग्र पंक्तिमा रहेको छ ।
सांसद चन्दा चौधरीको नाम चर्चामा रहेपछि राजपामा भित्र उनको नाममा सहमति जुट्न कठिन रहेको राजपा श्रोतको दाबी छ । यता, राजपाले चन्दा चौधरीलाई उपसभामुखको उम्मेदवारको रुपमा अगाडि सारे सत्तारुढ दल नेकपाले अस्विकार गर्ने उतिकै सम्भावना रहेको नेकपाका एक नेताले बताए ।
सांसद चन्दा चौधरीको भारतीय दुतावाससँग धनिष्ठ समबन्धको बारेमा नेकपामा नेताहरुले त्यति नरुचाइएको जनाइएको छ ।
राजपा पार्टी भित्रको समिकरणमा चन्दा चौधरी महन्थ ठाकुर खेमाबाट उम्मेदवार बन्नु पर्ने हुन्छ । महन्थ ठाकुर चन्दा चौधरीको विषयमा कति अडान लिने वा नलिने अहिले तत्काल भन्न कठिन रहेको ठाकुर खेममा कै एक नेताको दाबी छ । यदपि, चन्दा चौधरी पनि प्रबल दाबेदारको रुपमा रहेकी छन् ।
यस्तो अवस्था सृजना भएमा राजपाका अध्यक्ष मण्डलले सहमतिबाट उम्मेदवार चयन गर्दा मधेशमा स्वर्गीय नेता गजेन्द्र नारायण सिंहकै पाला देखि राजनीतिमा होमिएकी राजपाका सांसद अमृता अग्रहरी सबैको रोजाईमा पर्ने देखिन्छ । यदपि राजपा भित्र अन्य अरु महिला सांसदहरुको नाम पनि चर्चामा रहेको छ ।