जनकपुरः प्रदेश २ राजपा नेपालका संसदीय दलका नेताको बैधानिकतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । वर्तमान संसदीय दलका नेता जितेन्द्र सोनल बैधानिक रुपमा संसदीय दलका नेता चयन नभएको भन्दै प्रदेश सांसदहरुले उनको बैधानिकतामाथि प्रश्न उठाएका हुन ।

प्रदेश २ सरकार गठन हुने समयमा संसदीय दलको विधान नभएको अवस्थामा पार्टीको केन्द्रिय संयोजकले तदर्थवादको आधारमा जितेन्द्र सोनललाई संसदीय दलका नेताको रुपमा चयन गरेका थिए ।

तर, अहिले राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश नं. २ प्रदेश सभा संसदीय दलको विधान २०७५ जारी भई सकेको अवस्थामा अब प्रक्रियागत रुपमा राजपा संसदीय दलका नेता चयन हुनुपर्ने राजपा नेपालका सांसदहरुको माग छ ।

राजपाका नेपालका एक सांसदले भने, बैधानिकरुपमा सोनल जी राजपा नेपालको संसदीय दलका होइन, उहाँलाई पार्टीले विधान नभएको अवस्थामा केही समयका लागि तोकिएको थियो, अहिले हाम्रो संसदीय दलको विधान छ, तसर्थ सोही अनुसार प्रक्रियामा गएर संसदीय दलका नेता चयन हुनुपर्दछ ।

जितेन्द्र सोनल प्रदेश सरकारमा मन्त्री भएपछि राजपाका सांसदहरुलाई समेत पेलेर जाने नीति अख्तियार गरेपछि राजपाका बहुसंख्यक सांसदहरु उनको विपक्षमा रहेको श्रोतको दाबी छ ।

राजपा संसदीय दल २०७५ को दफा ५ को १ मा उल्लेख छ, प्रतिनिधिसभा वा प्रदेश सभाका सदस्यहरुले आफु मध्येबाट दलका नेता निर्वाचन गर्नेछन् सो प्रावधान अनुसार सदस्यहरुले आफुमध्येबाट प्रक्रिया अनुसार संसदीय दलका नेता चयन हुनेछ । अथवा, पार्टीले तोकि दिएको भरमा संसदीय दलका नेता कोही पनि हुन नसक्ने एक सांसदको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0