बेलायतको नयाँ नीतिः नेपाली दक्ष कामदारको लागि सुनौलो अवसर

काठमाडौं । बेलायतले दक्ष कामदार भित्र्याउने उद्देश्यले आफ्नो अध्यागमन नीति परिवर्तनको तयारी गरेको छ । जनवरी ३१ देखि युरोपेली संघबाट बेलायत औपचारिक रुपमा बाहिरिएपछि मात्र नयाँ अध्यागमन नीति ‘पोइन्ट बेस्ड आप्रवासन प्रणाली’ लागू गर्ने तयारी बेलायतले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शैक्षिक योग्यता, भाषिक दक्षता र कामको अनुभवका आधारमा विदेशी दक्ष कामदार भित्र्याउनेगरी बेलायतले अध्यागमन नीति अन्तिम चरणमा पुर्याएको छ । बेलायतकी आन्तरिक मामिलामन्त्री प्रिती पटेलले आउँदो मन्त्रिपरिषद् बैठकमा यो विषयको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।

az130611-2603.jpg

दक्ष कामदारको अभाव झेलेपछि बेलायतले आफ्नो आप्रवासन नीति नै परिवर्तन गरेर विदेशी कामदार ल्याउने तयारी गरेको हो । बेलायतले यो नीति लागू गरेमा सबैभन्दा धेरै नेपाली नर्स र अन्य प्राविधिक कामदारले बेलायतमा राम्रो अवसर पाउने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE