प्रदेश २ सरकार पूर्ण असफल, ठोकुवा साथ सरकार ढल्छः सांसद महतो (भिडियो सहित)

काठमाडौंः राजपा नेपालका प्रदेश सांसद उपेन्द्र महतोले प्रदेश २ सरकार छिटटै परिवर्तन हुने दाबी गर्नुभएको छ । एविसी न्यूज टिभीको नियमित कार्यक्रम एविसी वाचमा बोल्दै सांसद महतोले भने, प्रदेश २ का सरकारमा सहभागि भएका मन्त्रीहरु ज्ञानको अभावमा असफल भएको भन्दै परिवर्तन गर्नुको विकल्प नहरेको ठोकुवा गर्नुभयो ।

प्रदेश २ को सरकार समाजवादी र राजपाको बठबन्धनको सरकारको तर सरकारकामन्त्रीहरुबीच समन्वय हुन सकेको छैन, उनले भने, बितेको २ बर्षमा सरकारले कुनै पनि उपलब्धीमुलक काम गर्न सकेको छैन ।

सरकारमा सहभागि भएका मन्त्रीहरुले प्रदेशको जनताको चाहना बमोजिम कुनै पनि काम गर्न सकेको छैन, मन्त्रीहरु केवल व्यक्तिगत स्वार्थमा लिन छन्, उनले भने ।

हामीले पार्टीलाई प्रदेश २ सरकारका मन्त्रीहरुको गैरजिम्मेवारीपूर्ण गतिविधिको बारेमा जानकारी गराएका छौं, उनले भने, यदि पार्टीले सांसदहरुको गुनासो सम्बोधन गरेन भने, प्रदेश २ मा ठुलो दुर्घटना घट्ने छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE