प्रदेश २ सरकार असफल, जय मधेस ठाउँमा अब जय बिदेशको नाराः नेता यादव

राजविराजः नेकपामा नेता तथा पूर्व मन्त्री उमेश कुमार यादवले प्रदेश सरकार पूर्णरुपमा असफल भईसकेको दाबी गरेका छन् । प्रदेश २ सरकारले विदेश जाने युवालाई विना धितो ऋण दिने योजनामाथि कटाक्ष गर्दै भनेका छन, ‘सरकारले स्वरोजागारको कार्यक्रम ल्याउनुको सटटा विदेश पलायनको योजना ल्याउन थालेका छन् । यो नै यो सरकारको सबैभन्दा ठुलो असफलता हो ।’

सामाजिक सन्जालमा सक्रिय नेता यादवले अगाडि लेख्दै भनेका छन् ‘स्वरोजगार कार्यक्रम ल्याउनु को साटो बिदेश पलायनको को योजना ल्याउने भएछ। जय मधेस ठाउँमा अब जय बिदेश भन्ने होला १ मधेस आन्तरिक उत्पीडन रहेको सत्य हो।तर मधेस भित्र पनि बर्ग विभेद छ र बर्णाश्रम ब्यबस्थाले सृजित कहालीलाग्दो विभेद र पिडा छ। काठमाडौं को सत्ताले गर्दै आएको अत्याचार सङ्गै मधेस भित्रको आन्तरिक बर्ग बिभेद,लगायतका अन्य उत्पीडन को बारेमा लडनु पर्छ।’

WRITE COMMENTS FOR THIS ARTICLE