काठमाडौंः जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेशी नेताहरुमाथि कटाक्ष गरेका छन् । काँग्रेसका नेता विजय गच्छदार भ्रष्टाचारको मुद्दामा मुछिएपछि सामाजिक सन्जालमा एक स्टाटस लेख्दै नेता राउतले कटाक्ष गरेका हुन । नेता राउतले अंकलले बचाई दिने भ्रम त्याग गर्न समेत बताएका छन् ।

‘काँग्रेसले अफलाब आलमदेखि विजय गच्छदार सम्मलाई, नेकपाले कृष्ण बहादुर महरादेखि दर्जनौं वरिष्ठ नेताहरूलाई, राजपाले रेशम चौधरी, विपी यादव देखि सैकडौं कार्यकर्ताहरूलाई, समाजवादी पार्टीले आफ्ना सैकडौं नेता कार्यकर्ताहरू बचाउन सकेनन् भन्ने आमजनतालाई बचाउने त कुरै छोडौं,’ उनले भने, ‘जनताले राम्ररी हेरे हुन्छ। जुन नेताहरू कतिबेला भ्रष्टाचारको मुद्दामा त कतिबेला गौर नरसंहारको मुद्दामा जेलमा कोचिएला भनेर थाहा छैन, तिनीहरुले आफ्ना कार्यकर्ताहरूको सुरक्षा गर्न सक्ला भनेर सोच्नु व्यर्थ छ। आफू त दश द्वार धाएर बच्न सक्नु भएन, भने अरूको के कुरा ।’

‘उपभोक्ता समितिदेखि संघीय सरकारसम्म सबै भ्रष्टाचारहरुको छानबीन होस्, भ्रष्टाचारीमाथि कारबाही होस्, नयाँ युगको उदय होस्।’ उनले अथाडि लेखेका छन्, ‘मधेशको राजनीति भ्रष्टाचार गर्ने, ठेका(पट्टा पाउने, र प्रशासनबाट बचाइदिने कुरामा नै अल्झेर बस्दै आएको छ। ऊ त्यो पार्टीमा लाग्यो भने ठेका(पट्टा पाउन सकिन्छ, पैसा खान पाइन्छ, सुरक्षा पाइन्छ भन्दै अधिकांश मान्छे लाग्दै आएका छन्। त्यो बदलिँदै छ।’

‘त्यही भएर सदाचारी स्वराजी बनौं, यसमा नै भविष्य सुरक्षित छ। पुराना पार्टीका भ्रष्टाचारी र लठैत नेताहरूको पछि लागेमा, चोरको संगतमा बस्ने साधुु कै हालत होला ?’ उलने प्रश्न समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0