आजपनि संसद अवरुद्ध गर्ने काँग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको संसदीय दलको बैठकले शुक्रबार संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

“आज बसेको संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ,” बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले भने । कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर दलका उपनेतासमेत रहेका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बस्ने गरी स्थगित गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE