काँग्रेसद्धारा संसद अवरुद्धः अख्तियारद्धारा सरकारलाई बोक्ने र प्रतिपक्षीलाई ठोक्ने काम भएको आरोप

काठमाडौंः नेपाली काँग्रेसले आजपनि संसद अवरुद्ध गरेका छन् । अख्तियारले काँग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा दायर गरेपछि निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । काँग्रेसको तर्फबाट आज संसदमा बोल्दै सांसद मिन विश्वकर्माले अख्तियारले सरकारलाई बोक्ने र प्रतिपक्षिलाई ठोक्ने नीति अवलम्बन गरेको आरोप लगाउनु भएको छ । उहाँले अख्तियार सरकारको छाँया भएर काम गरी रहेको जिकिर गर्दै हिजो सरकारका प्रवक्ताले अख्तियारले गरेको काम पनि सरकारको एक उपलब्धी भएको भन्दै दाबी गर्नु अख्तियार सरकारको छाँया नै भएको पुष्टि भएको छ ।

यसैबीच सभामुख अग्नि सापकोटाले बारम्बार नेपाली काँग्रेसका सांसदलाई यो विषय अदालत भित्र प्रवेश गरेको हुनाले संसद सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरी रहेका छन् । सभामुख सापकोटाले संसद भित्र थुप्रै काम बाँकी रहेको भन्दै संसद सुचारु गर्न अत्यन्त जरुरी रहेको बताउनु भएको छ ।

संसदको बैठक ३० मिनेटको लागि स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE