Breakings News: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी: आधा दर्जन विमान आकाशमा होल्ड

काठमाडौंः त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिषण आगलागि भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।

आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्‍नुपर्ने कतार एयरवेजको जाहज उड्‍न सकेको छैन । यसैगरी,काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन,सिल्क एयर,हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जाहाज सिमरामाथिको आकाशमा ‘होल्ड’मा छन् ।

थप विवरण आउन बाँकी।

WRITE COMMENTS FOR THIS ARTICLE