अख्तियारको डरले मधेशी नेताहरु त्रसितः जतिबेलापनि पक्राउ पर्ने सम्भावना

काठमाडौंः एक पछि अर्को गर्दै पूर्वमन्त्रीहरु अख्तियारको फन्दामा पर्न थालेपछि मधेशी नेताहरु त्रसित बनेका छन् । विभिन्न कालखण्डमा मन्त्री बनेका मधेशी नेताहरु आफुहरुलाई जुनसुकै बेला अख्तियारले फन्दामा पार्न सक्ने भन्दै त्रसित बनेको हो ।
तत्कालिन मन्त्री पदममा रहेकै बेला प्रभावशाली नेता जय प्रकाश गुप्तालाई अकुत सम्पती कमाएको भन्दै अख्तियारले सर्वोच्चमा मुद्दा जितेर जेल हाल सफल भएको थियो ।

लोकतन्त्र स्थापनापछि विभिन्न कालखण्डमा बारम्बार मन्त्री र लाभमा पदमा पुग्न सफल भएका शक्तिशाली नेता विजय गच्छदारमाथि अख्तियारले डण्डा बर्साएपछि मधेशी नेताहरुको निद्रा हराम भएको हो । श्रोतले दिएको जानकारी अनुसार, प्राय मधेशी नेताहरुले अहिले अख्तियारको कारबाहीबाट जोगिन शक्ति केन्द्रहरु धाउन थालेका छन् ।

उसो त विजय गच्छदार नेकपाका शिर्ष नेता तथा शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेपनि उम्किन सफल भएन । यहाँ सम्म कि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले तत्काल यो मुद्दालाई रोक्न प्रधानमन्त्री ओलीलाई गरेको आग्रह पनि उहाँले नजरअन्दाज गर्नु भएको थियो ।

खासगरी २०६४ को मधेश आन्दोलनपछि मधेश केन्द्रित दलहरु पटक पटक सरकारमा सहभागि भई लाभका लिएका छन् । अन्दाजी लगभग ७५ जना मधेश केन्द्रित दलका नेता मधेश आन्दोलनपछि मन्त्री बनेका छन् । मधेशी नेताहरु मन्त्री बन्दा अकुतरुपमा सम्पती आर्जन गरेको आरोप बारम्बार लाग्दै आएको छ । यसै कारणले गर्दा सत्ताको लुछाचुडीमा पटक पटक मधेशी दल विभाजित समेत भएका छन् ।
श्रोतका अनुसार, प्राय मधेशी नेताको विरुद्धमा अख्तियारसँग कुनै न कुनै उजुरी र फाइल रहेको छ । अख्तियारले एक एक गरी सो उजुरीमाथि गम्भीर अनुसन्धान जारी राखेका छन् । उच्च अख्तियार श्रोतले नाम नखुलाउने शर्तमा दिएको जानकारी अनुसार, अहिलेको राजपा र समाजवादी पार्टीका नेताको बारेमा केही उजुरीहरु निकै गम्भीर प्रकृतिको रहेको छ । अब छिट्टै सो फाइल अगाडि बढाईने छ ।
राजपा र समाजवादीका मधेशी नेताहरु मात्र होइन कि नेकपा र नेपाली काँग्रेसमा रहेका मधेशी अनुहारका नेताहरु पनि अख्तियारको कडामा निगरानीमा रहेका छन् । उनीहरुमाथि पनि उजुरीहरु रहेका छन् । उनीहरुमाथि पनि कारबाही हुन सक्ने सम्भावना उतिकै रहेको छ ।

यता, प्रदेश २ मा पनि अख्तियारको कडा निगरानी जारी रहेको छ । कतिपय मन्त्रीहरुको विरुद्धमा पुख्ता प्रमाण समेत फेला पारी सकेका छन् । अख्तियारले प्रदेश २ मा ठुलो अपरेसन गर्ने तयारी गरी रहेको श्रोतको भनाई छ । खासगरी उपभोक्ता समितिको भुक्तानी हुन नसकेको अवस्थामा यसभित्र ठुलो भ्रष्टाचारजन्य गतिविधि भएको हुन सक्ने प्रदेश २ सकारको चौतर्फी आलोचना भई रहेको छ ।
प्रदेश २ का ठुला माछाहरु छिट्टै अख्तियारको पाहुना हुने संकेत देखा परेको छ । त्यतिमात्र होइन, प्रदेश २ को प्रायः स्थानीय तहमा विकास निर्माणको नाममा भ्रष्टाचारी मौलाएको विभन्न संघसस्थाले गरेको अध्यन अनुसन्धानको तथ्याङ्कहरु सार्वजनिक हुन थालेपछि पच्छिलो समय अख्तियार निकै सक्रिय भएको छ ।

यता, मधेश केन्द्रित दल नेकपा सँग सहकार्य गरेर अगाडि बढेर गए जोगिन सक्ने बाटो अबलम्बन गर्ने तयारीमा छन् । यदि यो र त्यो बहानामा सहकार्य नभए केही नेताले यसको ठुलो मूल्य चुकाउनु पर्ने श्रोतको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE