राजपाले माग पुरा गराउने अवसर गुमाउँदै, सहि निर्णय नगरे घाटैघाटा हुने संकेत

काठमाडौंः राजपाका नेपालले हातमा आएको अवसर गुमाउने बाटो अंगिकार गरेका छन् । राजपा र नेकपाबीच भएको सहकार्य अनुसार पच्छिलो समय मधेशको माग प्रति लचक भएको प्रधानमन्त्री केपी शर्मा ओली पुनः राजपाका नेताहरुको वक्तव्यबाट चिढिन थाल्नु भएको छ ।
राष्ट्रिय सभाको निर्वाचन दुई दलबीच बनेको सहकार्यको वातावरण पच्छिलो समय विथोलिन थालिएको नेकपा एक नेताको भनाई छ । समाजवादी पार्टी सरकारबाट अलग भएको अवस्थामा सरकारसँग सहकार्य गरी राजपा नेपालले उठाउँदै आएको आफना माग एक एक गरी पुरा गराउन तर्फ अगाडि बढ्नुको सट्टा पुनः प्रधानमन्त्री ओली र सरकारलाई चिढाउने काम भएको भन्दै नेकपाका नेता तथा सरकारका मन्त्रीहरु असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका व्योबृद्ध सन्त नेता महन्थ ठाकुरबीच भएको छलफल अनुसार सबै विषयवस्तुलाई प्याकेजमा टुंगाएर अगाडि बढ्न सक्ने मौखिक सहमती भएको थियो । राजपाका मुख्य माग रेशम चौधरीको रिहाई तथा संविधान संशोधन लगायतको मागको बारेमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहन्थ्यो तर राजपाका ६ अध्यक्षका ६ किसिमको बोली र अडान सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री ओली पुनः राजपाका नेताहरु प्रति संशकित हुनु भएको हो ।

नेकपाले संघीय सरकार, प्रदेश सरकार, उपसभामुख, रेशम चौधरीको रिहाई, झुठ्ठा मुद्दा फिर्ता, संविधान संशोधनका विषयमा प्याकेजमा सहमती गरेर अगाडि बढ्न चाहेपनि राजपाका ६ नेताहरु व्यक्तिगट, गुटका नाफा र घाटाको हिसाव किताब गरेर एकले अर्कासँग बाँझिने मन्तव्य सार्वजनिक गर्न थालेका छन् ।

राजपाका शिर्ष नेताहरुका कारण राजपाका भागमा पर्ने सम्भावना रहेको संघीय संसदको उपसभामुख पद पनि अब नपाउने वातावरण सृजना हुदैं गएको छ । सरकारमा जाने वा नजाने विषयमा एजेण्डाको विषय भएपनि संसदमा उपसभामुखको पद पाउने विषयमा सरकारसँग जोडेर हेर्नु ठिक नभएको राजपा भित्रै ठुलो तप्का रहेका छन् । राष्ट्रिय सभामा जित्नका लागि नेकपा सँग सहकार्य गर्न हुने तर संघीय संसदमा उपभासमुखको लागि सहकार्य गर्न नहुने तर्क न्यायसंगत नभएको उनीहरुको बुझाई छ । उपसभामुख पद संवैधानिक पद भएको हुनाले यसलाई सरकारसँग जोडेर हेर्नु भन्दा पनि प्रतिपक्षी दलको हैसियतमा राजपाको माग दाबी सँगैं यो अवसरलाई सदुपयोग गर्न नेकपासँग सहज वातावरण बनाउन तर्फ राजपाका अध्यक्ष मण्डल गम्भीर हुन जरुरी रहेको नाम उल्लेख नगर्ने शर्तमा राजपाका एक नेताले बताए ।


यता, राजपा नेपाल उपसभामुख पदका लागि सहज वातावरण नबनाए समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो अवसरलाई पुनः सदुपयोग गर्न सक्ने संभावना बढेर गएको छ । नेकपाका अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबीच घनिष्ट सम्बन्ध रहेको विषय जगजाहेर छ । यस्तो अवस्थामा राजपा नेताहरुले खुट्टा कमाए पुनः प्रचण्ड र उपेन्द्र यादवको सम्बन्धले ताजगी पाउनेछन् । नेकपाका नेताहरु कुनै पनि हालतमा उपभासमुख नेपाली काँग्रेसलाई नदिने अडानमा रहेका छन् । बाँकी रह्यो राजपा र समाजवादी पार्टी, राजपापनि यो रेसबाट बाहिरिए, उपेन्द्र यादवको भागमा उपसभामुखको पद जान सक्ने संभावना जिवित रहेको छ ।

त्यसैपनि उपेन्द्र यादवले राजपाका ६ अध्यक्षमाथि त्यति विश्वास गरेको देखिदैंन । यस्तो अवस्थामा समाजवादी पार्टीले उपसभामुख पद पाए प्रदेश २ मा पनि नेकपा र समाजवादीको सरकार बन्न सकिने अवस्थाको आँकलन पनि हुन थालेको छ ।

यस्तो भएको खण्डमा राजपा नेपाललाई घाटैघाटाको राजनीतिक अवस्था व्यहोर्नु पर्ने हुन्छ । प्रदेश २ मा समाजवादी भन्दा राजपाका मन्त्रीहरुको कारण बढी बद्नामी भएको जग जाहेर छ । राजपाका आफ्नै पार्टीका नेताहरुले मन्त्रीलाई कालो मोसो दल्न समेत अग्रसर भएको सर्वविदितै छ ।

राजपा नेपालले नेकपासँगको सहकार्यलाई पूर्णविराम लगाए आफुहरु विजय गच्छदारको जस्तै हालत हुन सक्ने भन्दै आतंकित पनि भएका छन् । यसको बाछिटा प्रदेश सरकारमा नपर्ने कुरा हुदैंन ।

तसर्थ, राजपा नेपालको सामु आएको अवसरलाई सदुपयोग गरी अल्पकालिन र दिर्घकालिन योजनाका साथ आफना माग पनि पुरा गराउने र सत्ता संचालनमा सहभागिता जनाउने विषयमा विवाद हुनु भविष्यका लागि ठुलो घाटा हुने देखिन्छ ।

अहिलेलाई राजपाका शिर्ष नेताहरु एक ढिक्का भएर नेकपासँगको सहकार्यलाई जोड दिई उच्चतम सदुपयोग गर्नुको विकल्प नरहेको स्पष्ट छ ।

WRITE COMMENTS FOR THIS ARTICLE