ललितपुर महानगरपालिकामा सोमबार बिदा

ललितपुरः  ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक मनाउन कार्यालय र सबै वडा बन्द रहने महानगरपालिकाले जनाएको छ।

नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।

२०४७ सालको राजनीतिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE