बर्दिया: थरूहट थारूवान राष्ट्रिय मोर्चाको दुई दिने आम हड्ताललेबर्दिया जिल्लाको जनजीवन प्रभावित भएको छ ।
संविधान संशोधन, थारुहरुका लागि विशेष क्षेत्र समेटिएको प्रदेश तथा समावेसी प्रतिनिधित्वको सुनिश्चितता माग गर्दै आएका थारुहरुले सरकार माग सुनुवाईका लागि तयार नभएको भन्दै संघर्षका कार्यक्रम घोषण गरेका हुन ।
बन्दका कारण बर्दियाबाट सञ्चालन हुने लामो तथा छोटो दुरिका सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन भने विद्यालय र बजारहरू समेत पूर्णरूपमा ठप्प रहेका छन् ।
सदरमुकाम लगायत मधुवन, भुरिगाउ, राजापुर, बासगढिमा व्यापक प्रहरी परिचालन गरियको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1