औषधिको कमि छैन, विद्यालय बन्द गर्नु आवश्यक छैनः महानिर्देशक

काठमाडौँ, २३ फागुन । सरकारले कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपालमा तत्कालका लागि औषधीको अभाव नभएको बताएको छ । भारतले कोराना उपचारमा प्रयोग हुने ६ प्रकारको औषधी नेपाललाई दिन नसक्ने जनाएको समयमा सरकारले आगामी छ महिना सम्मका लागि आषैधी स्टक रहेको बताएको हो ।

नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलासंग कुरागर्दै स्वास्थ्य विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले विश्वभरी फैलिरहेको कोरोना रोक्नका लागि अहिले नै औषधीको अभाव नरहेको र भारतसंग पनि औषधी पठाउने विषयमा कुरा भइरहेको बताए । उनले सरकार सतर्कका साथ सरकार जस्तै अन्य समुदाय पनि सर्तक भएमा ठूलो समस्या नआउने बताए ।

कोरोनाको संक्रमण बढि भिडभाडमा बढी सर्ने सम्भावना रहेकाले सरकारले जमघट हुने सवै खाले कार्यक्रमहरु गर्न रोक लगाएको सभासम्मेलनहरुदेखि खेल लगायतका जमघट हुने सवै कार्यक्रम स्थगन गर्न आग्रह गरिएको श्रेष्ठको भनाई छ । केही समय यस्ता जमघट हुने कार्यक्रम रोकिएको खण्डमा संक्रमण सर्ने सम्भावन न्युन हुने उनको भनाई छ।

महानिर्देशक श्रेष्ठले बजारमा संक्रामित व्यक्ति भेटेर पनि सरकारले लुकाएको भन्ने हल्ला निराधार भएको बताए । अहिले सम्म एक जनामा मात्रै संक्रमण दखिएको र त्यो चीनबाट आएको व्यक्ति भएको भन्दै रोग लुकाउद त्यसले झन भयावह स्थिति सिर्जना गर्ने भएकाले यो रोगको लक्षण देखिएको संका लागेमा मात्रै पनि जो कसैले सरकारलाई सूचना दिनु पर्ने र खबर पाए तत्काल उपचारका सवै प्रकारका संयन्त्रहरु परिचालन गरिएको बताए।

विश्वभरी बाटै धेरै नेपाल भित्रिएकाले अझ धेरै सर्तकता बढाउनुपर्ने भन्दै श्रेष्ठले भारतसंग ६ वटा औषधी पठाउने कुरा फेरी सहमति भएको बताए । नेपालमा ६ महिनालाई पुग्ने औषधी रहेको र नेपाली व्यवसायीलाई पनि उत्पादन बढाउन भनिएको भन्दै भारतले ६ प्रकारको औषधी नपठाउने भनेको थियो फेरी हामीले पहल गरेपछि दिन तयार भएको जानकारी दिए ।

महानिर्देशक श्रेष्ठले भने,‘अर्थतन्त्रमा पनि यसले ठूलो असर पारेको छ । यसलाई उपप्रधानमन्त्रीको नेतृत्वमा गठित समितिले काम गर्दै छ । बाहिरबबाट २० देखिख ३० जनामा मात्रै रोग देखियो भने धेरै गाह्रो पर्छ । ठूला आयोजनाका हकमा वो चाइनज र कोयिनलाई क्वारान्टाइनमा राखेर पठाउने तयारी भएको छ । होलीमा पनि रोक लगाइएको छ । रङ्गले रुगाखोकी बढाउछ । सार्वजनिक रुपमा होली खेल्नुहुदैन’ ।

आन्तरिक विरामी नभएकाले स्कुल र कजेल बन्द नहुने बताए । मास्कको कालोबजारीलाई कारवाही सुरु भएको भन्दै उत्पादनका लागि नेपाल सरकारले पनि उत्पादन सुरु गर्ने तयारी गरेको र सवैलाई मास्क आवस्यक नभएको श्रेष्ठको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE