युएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि

काठमाडौं । युएईमा रहेका दुई नेपालीमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । नेपालीसहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको कुरा त्यहाँका मिडियाले समाचार लेखेका छन् ।


आजमात्रै, युएईको विभागीय मन्त्रालय स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको कुरा स्पष्ट पारेको छ। स्थानीय मिडियाका रिपोर्टहरु हेर्ने हो भने कोरोनाको संक्रमण भएका १४ जनामा चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र एक जना सिरियाका नागरिक रहेका छन्। उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE