बाँके : बाँकेको जानकी गाउँपालिक वार्ड नं ३ स्थित जयसियाराम म्यानुफ्याक्चरीङ इण्डस्ट्रिजमा आगलागी भएको छ । मध्यरातिदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

आगलागी नियन्त्रणमा लिन प्रहरी र स्थानीयवासीको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । जयसियाराम म्यानुफ्याक्चरीङ इण्डस्ट्रिज एक चप्पल कारखाना हो । आगलागी के कारणले भयो भन्ने बारे पत्ता नलागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0