चीनबाट फर्किएका एकजनालाई कोरोनाको आशंका !

कैलाली । कैलालीको धनगढीमा चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना भाइरसको जस्तो लक्षणसहित अस्पताल आएका एकजनालाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको डा. जगदिश जोशीले बताए । बिहीबार ती व्यक्ति अस्पताल आएका थिए ।

अस्पतालले दुईवटा बेड आइसोलेसनका लागि छुट्टाएको छ । ती व्यक्तिको ल्याब परीक्षण रिपोर्टका लागि नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । ती व्यक्ति केहीदिनअघि चीनबाट फर्किएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE