जनकपुरः प्रदेश २ को संसदमा सत्तारुढ दलका सांसद र मुख्यमन्त्रीबीच कटुटा बढ्दै गएको छ । सत्तारुढ दलका सांसदले संसदमा मुख्यमन्त्री राउतको राजिनामा माग गरेपछि सांसद र मुख्यमन्त्रीबीच कटुटा बढ्दै गएको हो । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले एक मिडियालाई दिएको अन्र्तवार्तामा राजिनामा माग गर्ने राजपामा सांसद मनिष सुमनलाई ‘उदेश्यहीन अबुज पागल’को सज्ञा दिएपछि राजपा नेपालका सांसदहरु मुख्यमन्त्री प्रति क्रुद बनेका छन् ।

यिनै विषयमा सांसद मनिष सुमनसँग प्रतिक्रिया लिन खोज्दा उनले भने, ‘संसदीय मूल्यमान्यता विपरित नसुहाउने तुच्छ टिप्पणीको बारेमा मलाई कुनै पनि प्रतिक्रिया दिनु छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0