प्रदेश २ को नामाकरण हुदैंः मधेश प्रदेश नाम राखिने पक्का

जनकपुरः प्रदेश २ ले आज प्रदेश सभाबाट प्रदेशको नामाकरण गर्ने भएको छ । श्रोतका अनुसार सबै दल आ आफनो अडानमा कायम रहदाँ बहुसंख्या सांसदहरुले मधेश आन्दोलनको मुलमर्म र भावनलाई कदर गर्दै प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्नेमा जोड दिएका छन् । यदपी नेकपा र नेपाली काँग्रेसका सांसदहरुले अझै पनि आनाकानी गरी रहेका छन् ।

यता राजपा नेपाल र समाजवादी पार्टीले मधेश प्रदेशमा पक्षका खुलेर लागेका छन् । प्रदेश २ का सांसदहरुले मधेश प्रदेशको व्यानर बनाएर आफना सामाजिक सन्जालमा राख्न थालि सकेका छन् ।

यस अघि विभिन्न नामहरुमा व्यापक छलफल भएको थियो । जसमध्ये मधेश प्रदेश, मध्य मधेश, जानकी प्रदेश र मिथिला भोजपुरा को बारेमा छलफल भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE