प्रदेश २ को नामाकरण: मधेश प्रदेश प्रस्तावमा पनि दुई तिहाई मत जुटेन

जनकपुरः प्रदेश २ ले आज प्रदेश सभाबाट प्रदेशको नामाकरण प्रयास असफल भएको छ । सबै दल आ आफनो प्रस्तावको पक्षमा अडानमा कायम रहदाँ प्रस्तावित सबै नाममा दुई तिहाइ बहुमत जुटाउन सकेनन ।बहुसंख्यय सांसदहरुले मधेश आन्दोलनको मुलमर्म र भावनलाई कदर गर्दै प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्नेमा जोड दिएका थिए । आज मधेश प्रदेश, मध्य मधेश, जानकी प्रदेश र मिथिला भोजपुरा प्रस्ताबको संसदमा पेश भएपछि सबै प्रस्ताव फेल भएका छन ।

मधेश प्रदेश प्रस्ताबको पक्षमा ६० मत त विपक्षमा ४० मत परेको छ । केही मत बदर पनि भएको छ । 

सुरु देखि नै राजपा नेपाल र समाजवादी पार्टीले मधेश प्रदेश को पक्षका खुलेर लागेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE