काठमाडौं, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताउनुभयो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

भोलि बिहिवार देखि सुरु हुने भनिएको परीक्षा सरकारले अन्तिम समयमा आएर स्थगन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0