काठमाडौंः बुधबार बसेको नेपाल सरकारको निर्णयले अन्तर्राष्ट्रिय उडानहरु रोकिने पक्कापक्की जस्तै भएको छ । कोरोना सुरक्षा संवेदनशिलताका लागि भन्दै सरकारले बुधबार युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गतेसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसँगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । यसले अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने संकेतलाई थप मजबुद बनाएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय उडान अब जम्मा ५ देशमा सिमित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0