भारतीय प्रधानमन्त्री मोदीद्धारा ‘जनता कर्फयु’ लागु गर्न आग्रह

भारतः कोरोनाभाइरसले दुनिया भरीमा हाहाकार मनाएको छ । छिमेकी मुलुक भारतमा लगातार कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा देखिन्छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट मर्नेको संंख्या तीन पुगेको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको विषयमा देशको नाममा सम्बोधन गर्नुभएको छ । सम्बोधनमा प्रधानमन्त्री मोदीले आउने आइतवार मार्च २२ तारिख बिहान ७ बजे देखि ९ रातीसम्म जनता कर्फयु लागुगरेर सहयोग गर्न आग्रह गरेका छन् ।

जनता कर्फयु भन्नाले जनताले आफैद्धारा आफैमाथि कर्फयु लागु गरेर घरबाट बाहिर ननिस्कनुलाई भनिन्छ अथवा जनताको लागि जनताद्धारा लगाइएको कर्फयु । त्यस्तै मोदीले सामाजिक दुरी बनाउन आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE