काठमाडौंः राजपाका राष्ट्रसभा सांसद शेखर सिंह माथि पैसामा टिकट खरिद गरेको आरोप सत्य नभएको खुल्दै गएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य सांसद राजकिशोर यादवले पनि विभिन्न मिडियामा आफुलाई जोडिएर आएको समाचार प्रति आपत्ति जनाएको छ । उनले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, ‘आज केहि अनलाइन मेडियामा आएको सम्वाद टेप प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गुड्डु सिंहले सम्वादमा म सङ कुराकानी भएको कुरामा कुनै सत्यता छैन। टेलिफोनमा मात्र हैन विगत छ महिना देखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन। त्यसैले यो नितान्त मेरो राजनितिक चरित्र हत्या गर्ने गन्ध आएको देखिन्छ। सम्वादमा रहेका अन्य दुई जना सङ मेरो कुनै चिनजान र आज सम्म भेटघाट भएको छैन। यदि कसैले पनि मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनिती बाट सन्यास लिने प्रतिबद्धता गर्दछु र मेरो गरिमा लाई कसैले षडयन्त्रपुर्ण तरिकाले बदनाम गरे कानुनी कार्वाही गर्न बाध्य हुनेछु।’

यसै प्रकरणमा जोडिएका सुरजित सिंह(गुड्डु)ले नेता यादवको कमेन्टसमा प्रतिक्रिया जनाएर आफुलाई चोख्याउने प्रयास गरेका छन्, उनले भनेका छन्, ‘म पार्टीलाई बचाउनका लागि यस्तो गरेको हो,’


लेनदेनको फोन टेप प्रकरण सार्वजनिक भएपछि सोही प्रकरणका अर्का वार्ताकारण ज्योति झाले सामाजिक सन्जालमा विज्ञप्ती जारी गरेर सांसद सिंहको व्यक्तिगत, राजनैतिक र पारिवारिक पृष्टभूमि निष्ठावान रहेको बताउँदै प्रशंसा गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘शेखरबाबुसँग खास प्रयोजनका लागि लेनदेन भएको विषयमा मसँग विश्वसनीय र आधिकारिक जानकारी छैन ।”

गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावबाट सांसद बन्न सिंहले साढे दुई करोड रुपैयाँ राजपाका नेताहरुलाई बुझाउन रकमको व्यवस्थापन गर्ने भनिएका शर्मा र राजपाका कार्यकर्ता सुरजीत सिंहको संवाद भएको अडियो टेप सार्वजनिक भएपछि झाको वक्तव्य आएको हो ।

यस्तो छ झाले जारी गरेको विज्ञप्ति–
मिति– २०७६ चैत्र ६

विज्ञप्ति

राष्ट्रियसभा सदस्य माननीय शेखर सिंहजीको व्यक्तिगत, पारिवारिक र राजनीतिक पृष्ठभूमि निष्ठापूर्ण र इमान्दारीमा आधारित रहँदै आएको छ । लेनदेनमात्र होइन, कुनै पनि विषयमा झैझगडा, विवाद वा असमझदारीका कारण उहाँको जीवनयात्राको सादगीमा दाग लगाउन सक्ने अवस्था छैन । तर, उहाँको निष्कलंक छविमा खास व्यक्तिबाट अनर्गल र अनुचित आक्षेपयुक्त टिप्पणी आएपछि त्यस विषयमा स्पष्ट हुनका लागि मैले उहाँकै नाता पर्ने एक स्थानियलाई फोन गरेको हुँ । लेनदेनका कुरामा उहाँको कथित संलग्नताबारे स्पष्ट हुने र मिथ्याभियोगबारे उहाँले समेत अवगत हुने पाउने अभिप्रायबाट मैले ती व्यक्तिलाई कल गरेको थिएँ । दुर्भाग्यवश, मैले कल गरेको व्यक्ति आफूलाई शेखरबाबुको राजनीतिक प्रतिद्वन्दी भन्ठान्ने र उहाँप्रति गहिरो दुराग्रह राख्ने व्यक्ति भएका बारेमा म अनविज्ञ थिएँ । तसर्थ फोनमा भएका कुराकानी एउटा पक्षको दाबीबारे एउटा पक्षको जिज्ञासा र कौतुलहतामात्र हो । शेखरबाबुसँग खास प्रयोजनका लागि लेनदेन भएको विषयमा मसँग विश्वसनीय र आधिकारिक जानकारी छैन । तसर्थ मलाई उद्यृत गर्दै त्यस किसिमका समाचार सम्प्रेषण नगरिदिन हुन म सञ्चारकर्मी मित्रहरुसँग आग्रह गर्दछु।

ज्योति झा
सप्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0