कोरोनाको बारेमा अफवा फैलाउनेलाई खोज्दै प्रहरीः नर्भिकले भन्यो, कुनै पनि विरामी भर्ना भएको छैन !

काठमाडौं ८ चैत । आज बिहानभर कोरोना भाइरसबारे अडियो मेसेज भाइरल भएपछि त्यसबारे नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले कोरोनाबारे अफवाह फैलाउनेबारे अनुसन्धान अघि बढाएको बताउनुभयो । कोरोना भाइरसबारे ‘अफवाह सन्देश’ मा भनिएको नर्भिक अस्पतालले पनि विज्ञप्तिमार्फत स्पष्ट गरिसकेको छ । अफवाह फैलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले यस्तो महामारीको बेलामा सबैलाई संयमित हुँदै अफवाह नफैलाउन समेत अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE