जर्मन चान्सलर एंगेला मार्केल क्वारेन्टाइनमा !

एजेन्सीः जर्मन चान्सलर एंगेला मार्केल क्वारेन्टाइनमा बसेकी छिन् ।

चान्सलर एंगेला मार्केलले हिजो मात्रै बर्लिनको एक सुपरमार्केटमा किनमेल गरिकी थिईन्।

सुपरमार्केटमा ट्रली आफै गुडाउदै सेल्फबाट चाहिएको सामान झिक्दै ट्रलीमा राख्छिन्। आफुलाई चाहिने केही वाईन, ट्वाईलेट पेपर, सावुन लगायत सामग्री किन्छिन् ।

त्यसको केही समयपछि उनलाई सन्चो हुदैन र स्वास्थ्य परिक्षण गराउछिन्।

त्यसपछि उनलाई स्वास्थ्यपरिक्षण गर्ने चिकित्सक आफै बिरामी पर्छन र उनमा कोरोना पोजेटिभ देखिन्छ।

युरो न्युजले चान्सलर एंगेला मार्केललाई स्वास्थ्य परिक्षण गर्ने चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछी चान्सलर एंगेला मार्केल क्वारेन्टनमा बसेको पुष्टि गरेको छ।

सुपरमार्केटमा प्रयोग हुने ट्रली दैनिक सयौ सर्वसाधारणले प्रयोग गर्छन, त्यस्तै सुपरमार्केटको सेल्फमा भएका सामानहरु कयौ ग्राहकहरुले छुन्छन्। भुक्तानी गर्दा प्रयोग हुने कार्ड पेमेन्ट मेसिन समेत प्रत्येक ग्राहकहरुले छुने गर्दछन्। सुपरमार्केटमा कोरोना भाइरस सर्ने यी सम्भाव्य स्थानहरु हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE