मध्यरातीबाट भारतमा पूर्ण लकडाउनको घोषणाः घरबाट बाहिर नआउन आग्रहः मोदी

भारतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस सँग लड्नका लागि भारतलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय लिएका छन् । मंगलवार भारतीय जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले २१ दिनका लागि पूर्ण रुपमा लकडाउन गर्ने बताउनुभयो । उनले भने, देशको जनताको स्वास्थ्यलाई ख्याल गरेर मध्यराती बाट घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । यदि आम जनता सचेत नभए कोरोनाले भारतलाई बर्वाद गरी दिने भन्दै सचेत पनि गराएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE