प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : सरकारी निवास बालुवाटार फिर्ता

काठमाडौंः ]प्रधानमन्त्री केपी शर्मा आेलीज्यू मनमाेहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएकाे छ । उहाँ डिस्चार्जपश्चात् अाफ्नाे सरकारी निवास बालुवाटार पुग्नुभएकाे छ ।

उहाँ बिहीबार राती ११:३० पछि मुटुकाे धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएकाे थियाे । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुकाे धड्कन बढ्नुकाे कारण खाेजेर उपचार गराउनुभएकाे छ ।

उहाँकाे २४ दिन अघि शिक्षण अस्पतालमा दाेस्राेपटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे । प्रधानमन्त्रीज्यूकाे उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE