मुर्दाले मलामी पाउन छोडे, पशुपतिमा किरा पर्न थाले शव

काठमाडौं । धार्मिक आस्थाका दृष्टिकोणले हिन्दुहरुको महत्वपूर्ण स्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर परिसर दुर्गन्धित बनेको छ । तीन हप्ता यता पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि पुर्‍याइएका शब घाट सेवाका कर्मचारीले जलाउँन नमान्दा सडिन थालेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा हामी पुग्दा एउटा मात्रै शव जलिरहेको थियो । यसअघि दैनिकी २० देखि २५ वटासम्म शव चितामा जलिरहेका हुन्थे । अहिले त्यहि घाटमा आक्कलझुक्कल शवहरु जल्छन भने, कुनै व्यवारिसे अवस्थामा गनाईरहेका छन् ।

देशभर लकडाउनको अवस्था रहेको र नागरिकहरुलाई सरकारले घर बाहिर निस्कीन रोक लगाईरहेका बेला मुर्दाले मलामी पाउन छोडेका छन् । तर घाटमै पुर्‍याइएका शव समेत पशुपति घाट सेवाका कर्मचारीहरुले जलाउन मानेका छैनन् । शव लिएर पुग्नेहरु पनि वेवारिसे पारेर हिड्दा सडिन थालेको छ । त्यसले हिन्दुहरुको पवित्र पाशुपत क्षेत्र नै दुर्गन्धित भएको छ ।

नियामक निकायकै शव वहानबाट आर्यघाटसम्म ल्याइएका शब पनि बेवारिसे छाडिएको छ । भक्तपुर नगरपालिकाको शव वहानमा ल्याएर वेवारिसे पारिएको लासको विषयमा शववहनमै लेखिएको नम्बरमा फोन गर्दा आफु सम्बन्धीत मान्छे नभएको भन्ने जवाफ आयो । गाडीभित्रै किरा परेको लासलाई न घाट सेवाका कर्मचारीले उठाउन मानेका छन् न ल्याउने मान्छे नै सम्पर्कमा छन् । घाट सेवाका कर्मचारी भने गैरजिम्मेवार बनेर पन्छिन थालेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले यस विषयमा आफूलाई जानकारी नै नभएको बताए । उनले यसरी वेवारिसे छोड्ने व्यक्ति गैरजिम्मेवार भएको भन्दै यसको व्यवस्थापनका लागि तत्काल कदम चाल्ने आश्वसन पनि दिए । यहि परिसरमा रहेका केहि व्यक्तिसंग बुझ्दा घाट सेवाका कर्मचारी आन्दोलनमा रहेको भन्दै शव जलाउन रोक लगाएको बताए ।

कर्मचारीहरुले लास जलाउँदा व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध नगराएसम्म काम नगर्ने भन्दै काम आन्दोलन गरेका छन । तर यसरी वेवारिसे बन्ने शवहरुको व्यवस्थापनका लागि न कोषले व्यवस्थित कदल चाल्न सकेको छ । न शव ल्याएर छोड्नेहरु नै जिम्मेवार छन् । कतिपय त आफन्तहरुले नै जलाउदैं आएका छन् ।

एकातिर सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा नै अनियमितता भएको खबरहरु बाहिरिरहेका छन् भने अर्कातर्फ लास जलाउने व्यक्तिहरु समेत कोरोनाका कारण सुरक्षा सामग्री खोजर लास नै जलाउन छाडेका छन् । यसले मृत्युमाथी समेत बार्गेनिङ गरेको झल्किन्छ । जुन अमानवीयताको पराकाष्ठा हो । – सगरमाथा टिभीबाट

WRITE COMMENTS FOR THIS ARTICLE