
दुबइ–संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ।
यसअघि ६ नेपालीलाई कोरोना संक्रमण भएकोमा मंगलबार युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सूचना जारी गरी थप दुई नेपालीमा कोरोना संक्रमण भएको जानकारी दिएको हो।
संक्रमित ८ मध्ये २ जना उपचारपछि निको भइसकेका छन् । बाँकी ६ जनाको अवस्था सामान्य रहेको नेपाली दूतावास आबुधाविले जनाएको छ।
हालसम्म युएईमा ६ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् भने ६१ जना निको भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
