पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा मूल्य घटेको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE